Back Pain

के तपाइलाई ढाड दुख्ने समस्या छ होला होइन, पक्कै पनि पार्य सबैलाई हुन्छ तर अझै घरयासी कम गर्ने खेतमा काम गर्ने लाई धेरै नै ढाड दुख्ने समस्या हुन्छ, तेसो भए यीं कुरालाई विचार गर्नुहोस र ढाड दुख्ने समस्या बाट बच्नुहोस् |

 यदी तपाईलाई ढाड दुख्ने समस्या छ भने नआत्तिनुहोस । यो तपाईंको मात्र समस्या होईन, किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै हुन्छन् ।

प्रायजसो मानिसहरु सकेसम्म घरायसी  प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् ।

के कति कारणले ढाड दुख्न सक्छ         low back pain

ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् -

  •  गलत तरिकाले चिजबिजहरु उचाल्नु
  •  एक्कासी गरीने कडा व्यायाम
  •  अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
  •  आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
  •  उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
  •  कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
  •  लामो समयसम्म कुप्री परिरहनु
  •  धेरै गह्रौं वस्तुहरु उचाल्नु
  •  गर्भवती अवस्था
  • विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।

यिॅं र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।

कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ?

घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा  डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -

  •  ज्वरो आएमा
  •  धेरै टाउको दुखेमा
  •  ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा
  •  खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा
  •  निद्रा नलागेमा
  •  गर्भवती अवस्थामा
  •  दिसा वा पिसाब आफै हुन थालेमा
  •  घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा

घरायसी उपचार

घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ ।

त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयोग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।

रोकथामका उपायहरु

  • सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आदि
  •  क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
  •  पानिको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
  •  धेरै कमलो बिछ्यौनामा नसुत्ने
  •  ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने

Latest Tips & Tricks About Baby CareCredibly benchmark worldwide applications before a plug play processes dramatically.

Gallbladder Stone

Urine Infection

Piles