Piles

piles bawasir ke lakshan karan upchar bachav ilaj dawa in hindi 1

पायल्स रोग त्यसका लक्षण र उपचार

मलद्धार भित्रको नशाहरु फुलिएर एवं बाँगोटिङगो भएर दिशा बस्दा मलद्धारबाट मासु बढने समस्यालाई पाइल्स भनिन्छ ।

वंशाणुगत कारणले पाइल्स हुनसक्छ भने कव्जियत पायल्सको मुख्य कारण हो । महिलाहरु गर्भवती भएको वेलामा पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पनी पाइल्स हुन्छ । त्यस्तै प्रोस्टेट गन्थी वृद्धि कारण र मुत्र नली साँघुरो भएको कारणले पिसाव गर्दा कन्नु पर्ने अवस्थामा र पोर्टल उच्च रक्तचाबको कारणले पनि पाइल्स हुनसक्छ ।

लक्ष्यणहरु

  • टवाइलेट बस्दा दिशामा रगत आउने,मलद्धारबाट मासु पलाउने, पानी बग्ने एवं चिलाउने पाइल्सका मुख्य लक्ष्यणहरु हुन । तयस्तै मलद्धारबाट पलाएको मासु मलद्धारमा च्यापिएको अवस्थामा अत्याधिक दुखाई हुन्छ ।
  • पाइल्स मलद्धार भित्र हुने र बाहिर हुने गरी मुख्य रुपमा २ प्रकारको हुन्छ । मलद्धार भित्र हुने पाइल्सको ४ ओटा अवस्थाहरु हुन्छन् ।
  • पहिलो अवस्थामा दिशा बस्दा रगत आउँछ र केही असजिलो अनुभव हुन्छ ।
  • दोश्रो अवस्थामा ट्वाइलेट बस्दा मासु बाहिर निस्कने र उठिसकेपछी आफै भित्र जान्छ ।
  • तेश्रो अवस्थामा ट्वाइलेट बस्दा निस्किएको मासु हातले धकलेर भित्र पठाउनु पर्ने हुन्छ । यो अवस्थामा पानी बग्ने र चिलाउने पनि हुन सक्छ ।
  • चौथो अवस्थामा बस्दाखेरी निस्कने मासु हातले धकलेर पनि पठाउन सकिदैन । यो अवस्थामा धेरै रगत बग्ने एवं दुख्ने हुन्छ ।

पाइल्सरोगको आर्युवेदिक उपचार

अघि भनिएका पाइल्सका ४ ओटा अवस्थाहरु मध्ये पहिलो र दोश्रो अवस्थामा सामान्यतया औषधीबाट उपचार गर्न सकिन्छ । तेश्रो र चौथो अवस्थामा क्षार सुत्र विधिबाट उपचार गरिन्छ । मलद्धार बाहिर रहने पाइल्स औषधी वा क्षार सुत्रबाट गर्न सकिन्छ ।

क्षार सुत्र विधि बाट उपचार।

क्षार सुत्र औषधीयुक्त विशेष प्रकारको धागो हो । यो धागो तयार गर्न मात्रै २१ दिन लाग्छ । क्षारसुत्र प्रयोग गरेर गरिने उपचारलाई क्षारसुत्र विधि भनिन्छ । यो विधिबाट उपचार गर्दा पाइल्स दोहोरिने सम्भावना एकदमै कम हुन्छ । उपचारपछी विरामीले तुरुन्त दैनिक काम गर्न सकने हुन्छ । यो विधिबाट उपचार गर्दा विरामीलाई लोकल एनसेथेसीयामा गर्न सकिन्छ । र, रगत चढाउनु पर्ने अवस्था सामान्यतया आउँदैन । यो उपचार कम खर्चिलो एवं ज्यादै प्रभावकारी छ ।

पाइल्सका रोगीले ध्यान दिनुपर्ने खानपान ।

खनामा सागसब्जी, तरकारी, फलफुल प्रशस्त खानु पर्छ । पानी दैनिक ३–४ लिटर खानु पर्छ । आँटाबाट बनेको खानेकुरा खानुपर्छ । गहुँ, जउको सातु वा चिउरा दुधसँग खानु रोम्रो हुन्छ । दैनिक ब्यायाम गर्नु राम्रो हुन्छ । दुध महीले पनि पनि फाइदा पुत्याउँछ । मासु पलाएको अवस्थामा ओल अथवा सुरणको तरकारीले विशेष फाइदा पुऱ्याउँछ । माछा, मासु, अण्डा, दही, खुर्सानी, अदुवा खानु हुदैन । अन्य मसलादार खाने कुरा पनि कम खानु राम्रो हुन्छ । मैदाबाट बनेका खानाहरु जस्तै चाउमिन, चाउचाउ,मम आदि खानु हुदैन ।

पाइल्स र कव्जियतको सम्बन्ध ।

लामो समयसम्म कव्जियत हुने विरामीहरुमा पाइल्स रोग लाग्ने सम्भावना अत्याधिक रहन्छ । दैनिक रुपमा दिशा नहुने, दिशा कडा हुने,दिशा गर्दा अत्याधिक बल गर्नुपर्ने, दिशा गरिसक्दा पनि राम्ररी दिशा नथ्रिएको जस्तो हुने, हातको औला हालेर दिशा निकाल्नु पर्ने अवस्थाहरु सबै कव्जियतकै अवस्थाहरु हुन ।

ऋधिकांश पायल्स रोगीहरुमा कव्जियतको समस्या पाइन्छ ।

कव्जियतबाट बच्न उपाय।

माथी उल्लेख गरिए अनुसारका रेसादार खानाहरु खाने, मांसाहार नगर्ने, झोल एवं सजिलै पच्ने खालका खाना खाने, दैनिक ब्यायाम गर्नाले कव्जियतबाट बच्न सकिन्छ र यदि कसैलाइ कव्जियत छ भने निको पार्न मद्धत गर्छ ।

https://youtu.be/kCe5_ExRdYk

Latest Tips & Tricks About Baby CareCredibly benchmark worldwide applications before a plug play processes dramatically.

Gallbladder Stone

Urine Infection

Back Pain