Gallbladder Stone

241103246 913953112490572 830889543797279016 n

पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ? असुन्तुलित खानपान र जीवनशैलीले मानिसमा धेरै किसिमका रोगहरु लाग्छ । तीमध्ये पित्तथैलीको पत्थरी पनि एक रोग हो । आधुनकि चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भन्निछ भने, आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ । पित्तको पत्थरी कलेजोमा हुने सानो थैलीमा हुन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो । यो कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको लगायतका पदार्थहरू हुन्छ । पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, यो ढुंगाजस्तो हुन्छ । यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ । पित्तको पत्थरी कोलेस्ट्रोलबाट बन्छ । यो पहेंलो हरियो रंगको हुन्छ । पित्तको पत्थरी जुन बिलिरुबिनबाट बन्दछ, त्यसलाई पिगमेन्ट स्टोन भनिन्छ । पित्तथैलीमा पत्थरी हुनुको कारण यस्ता छन्  पित्तथैलीमा पत्थरी बन्नुका धेरै कारणहरू छन् । वंशानुगत । वजन बढ्नु–घट्नु । पित्तथैली शिथिल हुनु । अस्वास्थ्यकर खानपान । शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ । पुरुषभन्दा महिलालाई बढी पित्तथैलीको पत्थरी हुन्छ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ । पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवसस्थामा कुनै लक्षण देखा पर्दैन । तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्छ । यस्ता लक्षण देखिन्छ माथिल्लो पेट र पिठियुँ दुख्ने । बान्ता हुने । पेट सुन्निने । छाती पोल्नु बढी ग्यासले पेट भारी हुने । यसरी गरिन्छ उपचार मानिसमा पित्तथैली भएको छ, छैन पत्ता लगाउन अल्ट्रासाउन्ड वा भिडियो एक्सरे गरिन्छ । पित्तथैलीको पत्थरीको उपचार आधुनिक चिकित्सा पद्धतिमा शल्यक्रिया हो । तर आयुर्वेदिक उपचार पनि छ । सामान्य अवस्थाबाट आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोगबाट उपचार गरी पित्तथैलीको पत्थरीलाई निकाल्न सकिन्छ । यसमा अलि समय लाग्छ ।

Latest Tips & Tricks About Baby CareCredibly benchmark worldwide applications before a plug play processes dramatically.

Urine Infection

Piles

Back Pain