- पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन्।
- पिसाबसम्बन्धी रोग लागेको व्यक्तिलाई मात्रै यसको पीडा थाहा हुन्छ । मूत्र बिकार जसलाई मेडिकल भाषामा युरोलोजिकल डिजिज भनिन्छ । यसअन्तर्गत कैयौं रोग पर्दछन् । पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन् ।
- समयमै उपचार गरिएन भने घातक परिणाम भोग्नुपर्ने हुन्छ । भागदौड जीवनशैलीमा व्यक्तिहरूमा प्रायः मूत्र रोगको समस्या देखिन्छ । यो रोग जीवनशैलीसँग जोडिएको छ । यसको कारण मूत्र रोगमात्र होइन, नपुंसकताको घटना पनि बढिरहेको छ ।
- यसबाट बच्न यौनमार्गको सफाइमा विशेष ध्यान दिनुपर्छ । सफाइको अभावमा संक्रमण हुने सम्भावना बढिरहन्छ । जीवनशैली परिवर्तन ल्याउनुपर्छ । यदि कसैलाई ५ एमएमको पत्थरी किड्नीमा छ भने, यसका लागि चिन्ता गर्नु पर्दैन ।
- होम्योप्याथिक पद्दती बाट पत्थरीको राम्रो उपचार हुन्छ। नियमित रूपले केही दिन चिकित्सकको सल्लाह अनुसार होम्योप्याथिक औषधी नियमित सेवन गर्नेहो भने पत्थरी स्वतः पिसाबबाट निस्केर जान्छ । पिसाबले च्यापेको बेला सबै काम छोडेर पिसाब गर्नुपर्छ । एउटा भनाइ छ, 'पिसाब र हिसाब क्लियर राख्नुपर्छ' अर्थात् पिसाबलाई च्यापेर राख्नु हुँदैन ।
कारण
यदि मूत्राशय (पिसाबको थैली) मा पिसाब जम्मा भएपछि कुनै कारणले पिसाब हुन सकेन भने त्यसलाई मूत्रावरोध भनिन्छ । महिलामा कुनै बाहिरी चीजका कारण तथा पुरुषमा सुन्नाइ, सिफलिस, गर्मीका कारण मूत्राशय एवं मूत्रमार्गमा दबाब पर्दछ । यसले गर्दा पिसाब रोकिन्छ । वृद्ध पुरुषहरूको पौरुषग्रन्थी (प्रोस्टेटग्लैंड) बढ्दछ । जसका कारण पिसाब खुलेर हुँदैन, रोकिन्छ । पिसाब गर्न धेरैबेर लाग्छ, कन्नु पर्छ, थोपाथोपा गरी पिसाब आउँछ या चुहिन्छ ।
मूत्रकृच्छमा पिसाब फेर्ने बेला दुखाइ हुन्छ । मूत्राशयमा दुखाइ भएका बेला पिसाब रोकिन्छ । यसैगरी हिस्टेरिया (स्त्री रोग) चिन्ता, टाउकोमा चोट लाग्नु, पेटको विकार, रक्सी खानु, भिरिंगी रोग, कब्जियत हुनु, पौष्टिक भोजनको कमी आदि कारणले पनि घरिघरी पिसाब लाग्छ । मूत्रमार्गको संक्रमण (यूटीआई) जस्तै-सार्वजनिक शौचालयमा पिसाब गर्दा या अस्पतालहरूमा मूत्रमार्गमा उपयोग गरिने एक किसिमको उपकरणको माध्यमबाट पनि संक्रमण हुन सक्छ । समुदायबाट संक्रमित ब्याक्टेरियाबाट पनि हुन्छ । जसलाई मेडिकल भाषामा ‘ई-कोलाई' भनिन्छ ।
पहिचान
पिसाब आएन भने मूत्राशय फुलेर आउँछ । रोगीलाई बडो बेचैनी हुन्छ । पिसाब मुस्किल र कष्टका साथ थोपाथोपा भएर चुहिन्छ । कब्ज, भोक न लाग्नु, तिर्खा बढी लाग्नु, पिसाब बढी लाग्नु, पहेँलो हुनु आदि कारणले रोगीलाई निद्रा हुन्छ । ऊ दिनदिनै कमजोर हुँदै जान्छ । कमर, तिघ्रा तथा पिडुँलामा दुखाइ हुन्छ । यस किसिमको लक्षण देखियो भने पिसाबसम्बन्धी समस्या भएको बुझ्नुपर्छ ।
निदान
संक्रमणको पत्ता लगाउन कैयौं प्रकारका परीक्षण गर्नु पर्नेहुन्छ । पिसाबको ल्याब परिक्षण गराउनुपर्छ । रिपोर्टमा यदि ब्याक्टेरिया र श्वेत रक्त कोषिका देखियो भने संक्रमण छ भन्ने कुरा पत्ता लाग्छ । चिकित्सकले आवश्यक ठानेमा अरू परीक्षण पनि गराउन सक्छन् ।