Latest Tips & Tricks About Baby Care

Credibly benchmark worldwide applications before a plug play processes dramatically.

Gallbladder Stone

241103246 913953112490572 830889543797279016 n

पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ? असुन्तुलित खानपान र जीवनशैलीले मानिसमा धेरै किसिमका रोगहरु लाग्छ । तीमध्ये पित्तथैलीको पत्थरी पनि एक रोग हो । आधुनकि चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भन्निछ भने, आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ । पित्तको पत्थरी कलेजोमा हुने सानो थैलीमा हुन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो । यो कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको लगायतका पदार्थहरू हुन्छ । पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, यो ढुंगाजस्तो हुन्छ । यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ । पित्तको पत्थरी कोलेस्ट्रोलबाट बन्छ । यो पहेंलो हरियो रंगको हुन्छ । पित्तको पत्थरी जुन बिलिरुबिनबाट बन्दछ, त्यसलाई पिगमेन्ट स्टोन भनिन्छ । पित्तथैलीमा पत्थरी हुनुको कारण यस्ता छन्  पित्तथैलीमा पत्थरी बन्नुका धेरै कारणहरू छन् । वंशानुगत । वजन बढ्नु–घट्नु । पित्तथैली शिथिल हुनु । अस्वास्थ्यकर खानपान । शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ । पुरुषभन्दा महिलालाई बढी पित्तथैलीको पत्थरी हुन्छ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ । पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवसस्थामा कुनै लक्षण देखा पर्दैन । तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्छ । यस्ता लक्षण देखिन्छ माथिल्लो पेट र पिठियुँ दुख्ने । बान्ता हुने । पेट सुन्निने । छाती पोल्नु बढी ग्यासले पेट भारी हुने । यसरी गरिन्छ उपचार मानिसमा पित्तथैली भएको छ, छैन पत्ता लगाउन अल्ट्रासाउन्ड वा भिडियो एक्सरे गरिन्छ । पित्तथैलीको पत्थरीको उपचार आधुनिक चिकित्सा पद्धतिमा शल्यक्रिया हो । तर आयुर्वेदिक उपचार पनि छ । सामान्य अवस्थाबाट आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोगबाट उपचार गरी पित्तथैलीको पत्थरीलाई निकाल्न सकिन्छ । यसमा अलि समय लाग्छ ।

Urine Infection

  • UrinaryTractsCombined
  • पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन्।
  • पिसाबसम्बन्धी रोग लागेको व्यक्तिलाई मात्रै यसको पीडा थाहा हुन्छ । मूत्र बिकार जसलाई मेडिकल भाषामा युरोलोजिकल डिजिज भनिन्छ । यसअन्तर्गत कैयौं रोग पर्दछन् । पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन् ।
  • समयमै उपचार गरिएन भने घातक परिणाम भोग्नुपर्ने हुन्छ । भागदौड जीवनशैलीमा व्यक्तिहरूमा प्रायः मूत्र रोगको समस्या देखिन्छ । यो रोग जीवनशैलीसँग जोडिएको छ । यसको कारण मूत्र रोगमात्र होइन, नपुंसकताको घटना पनि बढिरहेको छ ।
  • यसबाट बच्न यौनमार्गको सफाइमा विशेष ध्यान दिनुपर्छ । सफाइको अभावमा संक्रमण हुने सम्भावना बढिरहन्छ । जीवनशैली परिवर्तन ल्याउनुपर्छ । यदि कसैलाई ५ एमएमको पत्थरी किड्नीमा छ भने, यसका लागि चिन्ता गर्नु पर्दैन ।
  • होम्योप्याथिक पद्दती बाट पत्थरीको राम्रो उपचार हुन्छ। नियमित रूपले केही दिन चिकित्सकको सल्लाह अनुसार होम्योप्याथिक औषधी नियमित सेवन गर्नेहो भने पत्थरी स्वतः पिसाबबाट निस्केर जान्छ । पिसाबले च्यापेको बेला सबै काम छोडेर पिसाब गर्नुपर्छ । एउटा भनाइ छ, 'पिसाब र हिसाब क्लियर राख्नुपर्छ' अर्थात् पिसाबलाई च्यापेर राख्नु हुँदैन ।

कारण

यदि मूत्राशय (पिसाबको थैली) मा पिसाब जम्मा भएपछि कुनै कारणले पिसाब हुन सकेन भने त्यसलाई मूत्रावरोध भनिन्छ । महिलामा कुनै बाहिरी चीजका कारण तथा पुरुषमा सुन्नाइ, सिफलिस, गर्मीका कारण मूत्राशय एवं मूत्रमार्गमा दबाब पर्दछ । यसले गर्दा पिसाब रोकिन्छ । वृद्ध पुरुषहरूको पौरुषग्रन्थी (प्रोस्टेटग्लैंड) बढ्दछ । जसका कारण पिसाब खुलेर हुँदैन, रोकिन्छ । पिसाब गर्न धेरैबेर लाग्छ, कन्नु पर्छ, थोपाथोपा गरी पिसाब आउँछ या चुहिन्छ ।

मूत्रकृच्छमा पिसाब फेर्ने बेला दुखाइ हुन्छ । मूत्राशयमा दुखाइ भएका बेला पिसाब रोकिन्छ । यसैगरी हिस्टेरिया (स्त्री रोग) चिन्ता, टाउकोमा चोट लाग्नु, पेटको विकार, रक्सी खानु, भिरिंगी रोग, कब्जियत हुनु, पौष्टिक भोजनको कमी आदि कारणले पनि घरिघरी पिसाब लाग्छ । मूत्रमार्गको संक्रमण (यूटीआई) जस्तै-सार्वजनिक शौचालयमा पिसाब गर्दा या अस्पतालहरूमा मूत्रमार्गमा उपयोग गरिने एक किसिमको उपकरणको माध्यमबाट पनि संक्रमण हुन सक्छ । समुदायबाट संक्रमित ब्याक्टेरियाबाट पनि हुन्छ । जसलाई मेडिकल भाषामा ‘ई-कोलाई' भनिन्छ ।

पहिचान

पिसाब आएन भने मूत्राशय फुलेर आउँछ । रोगीलाई बडो बेचैनी हुन्छ । पिसाब मुस्किल र कष्टका साथ थोपाथोपा भएर चुहिन्छ । कब्ज, भोक न लाग्नु, तिर्खा बढी लाग्नु, पिसाब बढी लाग्नु, पहेँलो हुनु आदि कारणले रोगीलाई निद्रा हुन्छ । ऊ दिनदिनै कमजोर हुँदै जान्छ । कमर, तिघ्रा तथा पिडुँलामा दुखाइ हुन्छ । यस किसिमको लक्षण देखियो भने पिसाबसम्बन्धी समस्या भएको बुझ्नुपर्छ ।

निदान

संक्रमणको पत्ता लगाउन कैयौं प्रकारका परीक्षण गर्नु पर्नेहुन्छ । पिसाबको ल्याब परिक्षण गराउनुपर्छ । रिपोर्टमा यदि ब्याक्टेरिया र श्वेत रक्त कोषिका देखियो भने संक्रमण छ भन्ने कुरा पत्ता लाग्छ । चिकित्सकले आवश्यक ठानेमा अरू परीक्षण पनि गराउन सक्छन् ।

Back Pain

के तपाइलाई ढाड दुख्ने समस्या छ होला होइन, पक्कै पनि पार्य सबैलाई हुन्छ तर अझै घरयासी कम गर्ने खेतमा काम गर्ने लाई धेरै नै ढाड दुख्ने समस्या हुन्छ, तेसो भए यीं कुरालाई विचार गर्नुहोस र ढाड दुख्ने समस्या बाट बच्नुहोस् |

 यदी तपाईलाई ढाड दुख्ने समस्या छ भने नआत्तिनुहोस । यो तपाईंको मात्र समस्या होईन, किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै हुन्छन् ।

प्रायजसो मानिसहरु सकेसम्म घरायसी  प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् ।

के कति कारणले ढाड दुख्न सक्छ         low back pain

ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् -

  •  गलत तरिकाले चिजबिजहरु उचाल्नु
  •  एक्कासी गरीने कडा व्यायाम
  •  अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
  •  आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
  •  उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
  •  कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
  •  लामो समयसम्म कुप्री परिरहनु
  •  धेरै गह्रौं वस्तुहरु उचाल्नु
  •  गर्भवती अवस्था
  • विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।

यिॅं र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।

कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ?

घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा  डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -

  •  ज्वरो आएमा
  •  धेरै टाउको दुखेमा
  •  ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा
  •  खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा
  •  निद्रा नलागेमा
  •  गर्भवती अवस्थामा
  •  दिसा वा पिसाब आफै हुन थालेमा
  •  घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा

घरायसी उपचार

घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ ।

त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयोग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।

रोकथामका उपायहरु

  • सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आदि
  •  क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
  •  पानिको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
  •  धेरै कमलो बिछ्यौनामा नसुत्ने
  •  ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने

Piles

piles bawasir ke lakshan karan upchar bachav ilaj dawa in hindi 1

पायल्स रोग त्यसका लक्षण र उपचार

मलद्धार भित्रको नशाहरु फुलिएर एवं बाँगोटिङगो भएर दिशा बस्दा मलद्धारबाट मासु बढने समस्यालाई पाइल्स भनिन्छ ।

वंशाणुगत कारणले पाइल्स हुनसक्छ भने कव्जियत पायल्सको मुख्य कारण हो । महिलाहरु गर्भवती भएको वेलामा पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पनी पाइल्स हुन्छ । त्यस्तै प्रोस्टेट गन्थी वृद्धि कारण र मुत्र नली साँघुरो भएको कारणले पिसाव गर्दा कन्नु पर्ने अवस्थामा र पोर्टल उच्च रक्तचाबको कारणले पनि पाइल्स हुनसक्छ ।

लक्ष्यणहरु

  • टवाइलेट बस्दा दिशामा रगत आउने,मलद्धारबाट मासु पलाउने, पानी बग्ने एवं चिलाउने पाइल्सका मुख्य लक्ष्यणहरु हुन । तयस्तै मलद्धारबाट पलाएको मासु मलद्धारमा च्यापिएको अवस्थामा अत्याधिक दुखाई हुन्छ ।
  • पाइल्स मलद्धार भित्र हुने र बाहिर हुने गरी मुख्य रुपमा २ प्रकारको हुन्छ । मलद्धार भित्र हुने पाइल्सको ४ ओटा अवस्थाहरु हुन्छन् ।
  • पहिलो अवस्थामा दिशा बस्दा रगत आउँछ र केही असजिलो अनुभव हुन्छ ।
  • दोश्रो अवस्थामा ट्वाइलेट बस्दा मासु बाहिर निस्कने र उठिसकेपछी आफै भित्र जान्छ ।
  • तेश्रो अवस्थामा ट्वाइलेट बस्दा निस्किएको मासु हातले धकलेर भित्र पठाउनु पर्ने हुन्छ । यो अवस्थामा पानी बग्ने र चिलाउने पनि हुन सक्छ ।
  • चौथो अवस्थामा बस्दाखेरी निस्कने मासु हातले धकलेर पनि पठाउन सकिदैन । यो अवस्थामा धेरै रगत बग्ने एवं दुख्ने हुन्छ ।

पाइल्सरोगको आर्युवेदिक उपचार

अघि भनिएका पाइल्सका ४ ओटा अवस्थाहरु मध्ये पहिलो र दोश्रो अवस्थामा सामान्यतया औषधीबाट उपचार गर्न सकिन्छ । तेश्रो र चौथो अवस्थामा क्षार सुत्र विधिबाट उपचार गरिन्छ । मलद्धार बाहिर रहने पाइल्स औषधी वा क्षार सुत्रबाट गर्न सकिन्छ ।

क्षार सुत्र विधि बाट उपचार।

क्षार सुत्र औषधीयुक्त विशेष प्रकारको धागो हो । यो धागो तयार गर्न मात्रै २१ दिन लाग्छ । क्षारसुत्र प्रयोग गरेर गरिने उपचारलाई क्षारसुत्र विधि भनिन्छ । यो विधिबाट उपचार गर्दा पाइल्स दोहोरिने सम्भावना एकदमै कम हुन्छ । उपचारपछी विरामीले तुरुन्त दैनिक काम गर्न सकने हुन्छ । यो विधिबाट उपचार गर्दा विरामीलाई लोकल एनसेथेसीयामा गर्न सकिन्छ । र, रगत चढाउनु पर्ने अवस्था सामान्यतया आउँदैन । यो उपचार कम खर्चिलो एवं ज्यादै प्रभावकारी छ ।

पाइल्सका रोगीले ध्यान दिनुपर्ने खानपान ।

खनामा सागसब्जी, तरकारी, फलफुल प्रशस्त खानु पर्छ । पानी दैनिक ३–४ लिटर खानु पर्छ । आँटाबाट बनेको खानेकुरा खानुपर्छ । गहुँ, जउको सातु वा चिउरा दुधसँग खानु रोम्रो हुन्छ । दैनिक ब्यायाम गर्नु राम्रो हुन्छ । दुध महीले पनि पनि फाइदा पुत्याउँछ । मासु पलाएको अवस्थामा ओल अथवा सुरणको तरकारीले विशेष फाइदा पुऱ्याउँछ । माछा, मासु, अण्डा, दही, खुर्सानी, अदुवा खानु हुदैन । अन्य मसलादार खाने कुरा पनि कम खानु राम्रो हुन्छ । मैदाबाट बनेका खानाहरु जस्तै चाउमिन, चाउचाउ,मम आदि खानु हुदैन ।

पाइल्स र कव्जियतको सम्बन्ध ।

लामो समयसम्म कव्जियत हुने विरामीहरुमा पाइल्स रोग लाग्ने सम्भावना अत्याधिक रहन्छ । दैनिक रुपमा दिशा नहुने, दिशा कडा हुने,दिशा गर्दा अत्याधिक बल गर्नुपर्ने, दिशा गरिसक्दा पनि राम्ररी दिशा नथ्रिएको जस्तो हुने, हातको औला हालेर दिशा निकाल्नु पर्ने अवस्थाहरु सबै कव्जियतकै अवस्थाहरु हुन ।

ऋधिकांश पायल्स रोगीहरुमा कव्जियतको समस्या पाइन्छ ।

कव्जियतबाट बच्न उपाय।

माथी उल्लेख गरिए अनुसारका रेसादार खानाहरु खाने, मांसाहार नगर्ने, झोल एवं सजिलै पच्ने खालका खाना खाने, दैनिक ब्यायाम गर्नाले कव्जियतबाट बच्न सकिन्छ र यदि कसैलाइ कव्जियत छ भने निको पार्न मद्धत गर्छ ।

https://youtu.be/kCe5_ExRdYk

Image

Anmol Aarogya Kendra Pvt.Ltd.

Bharatpur-10 Chitwan

Tel.+977-56-531368, 598961, 598159

Mobile: 9855064414

Follow Us

Image